बुढी खोलाको पुलबाट झरेर एक जनाको मृत्यु

<span class='c1'>बुढी खोलाको पुलबाट झरेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा र सुनसरी दुहबी जोड्ने बुढी खोलाको पुलबाट झरेर भारत कोलकाताका एकजनाको मृत्यु भएको छ । पुरानो पुलसँगै नयाँ पुल बनिरहेको छ । त्यहाँ दुई पुलको बीचमा खाली भाग रहेको छ । स्वस्तिक आयलमा काम गर्दै आएका कोलकाता घर भएका मजदुरको शव भुँईमा भेटिएको हो । उनी माथिबाट झरेको आशंका गरिएको छ ।

सोमबार बिहान ८ बजेतिर शव भेटिएको थियो । मृत फेल परेका व्यक्ति भारतको कोलकाता घर भइ विगत १०–१५ वर्षदेखि बुढीगंगा–५ मा बस्दै आएका ५० वर्षीय मोहमद अली अन्सारी हुन् । अन्सारी बुढीगंगा–५ स्थित स्वस्तिक तेल उद्योगमा काम गर्दै आएका थिए ।

उनको घोप्टो परेको अवस्थामा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्मार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको थियो । शवको सनाखत मृतककै पत्नी कुर्नी खातुनले गरिदिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्