नेपलाका प्रथम जगतगुरु बालसन्तको उपस्थितीमा विराटनगरमा महाआरती

<span class='c1'>नेपलाका प्रथम जगतगुरु बालसन्तको</span> <span class='c2'>उपस्थितीमा विराटनगरमा महाआरती</span>

विराटनगर । विराटनगर महानगरपालीका १९ स्थित घिनाघाटनमा रहेको माहाशिव गंगा आरती स्थलमा भव्य महाआरती पुजाआराधाना भव्यरुपमा सम्पन्न भएको छ ।

नेपाल कै प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको प्रमुख उपस्थितीमा महाआरती सम्पन्न भएको हो । सोमबार साँझ ६ बजेपछि सुरु भएको महाआरतीमा विराटनगर पुष्पाल चौक , घिनाघाट ग्रामथान , कटहरी लगायतका स्थानहरुबाट श्रद्धालुभक्तजनहरुको उपस्थिती रहेको थियो । महाआरतीको लागि सन्तोष भट्टराई, शुशिल घिमिरे र रमन निरौला लगायतका बटुकहरुले आरती पुजा गर्न सहयोग गरेका थिए ।

जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको मुखावृद्धबाट आरतीको भजन र हातबाट दियोबत्ती बलेर महाआरतीको सुरुवात गरिएको थियो । महाआरती कार्यक्रममा विराटनगरका २२ वटा भन्दा बढी महिला भजन मण्डली समुहरुलाई विशेष सम्मान गरिएको थियो । यसैविच महाआरती कार्यक्रमलाई विगत लामो समयदेखी निरन्तर रुपमा समाचार प्रकाशन तथा प्रशारणमा सहयोगको भुमिका निर्वाह गरेको भन्दै ओवी मिडियाका निर्देशक तथा आवर विराटनगरका समाचार संयोजक प्रेम देवानलाई सम्मान समेत गरिएको थियो ।

विराटनगर १९ स्थित सिघिया खोलाको घिनाघाटनमा रहेको माहाशिव गंगाआरती स्थलमा हरेक सोमबार साँझ आरती हुदै आएको प्रमुख संरक्षक आर्चाय छविरमण निरौलाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्