भारतमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा राहत तत्काल प्रदान गरियोस: पूर्वप्रधानमन्त्री प्रचण्ड

<span class='c1'>भारतमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा</span> <span class='c2'>राहत तत्काल प्रदान गरियोस: पूर्वप्रधानमन्त्री प्रचण्ड</span>

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शनिबार भारतको गोवामा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगलागीका घटनामा मृत्यु भएका सातजना नेपालीको शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कदम चाल्नुपर्ने समेत बताएका हुन् । उनले लेखेका छन्, ‘भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको दुःखद खबरले म स्तब्ध बनेको छु । कीर्तिशेष दाजुभाईहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’ साथै संयोजक प्रचण्डले आफ्नो पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि समन्वय र सहजीकरणका लागि निर्देशन दिएका छन् ।

‘मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कुटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु। साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्