सही व्यक्ति सही ठाउँमा नभए विकास सम्भव छैन : मन्त्री घिसिङ

<span class='c1'>सही व्यक्ति सही ठाउँमा नभए विकास</span> <span class='c2'>सम्भव छैन : मन्त्री घिसिङ</span>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का व्यवस्थापनका कारण विकास निर्माण प्रभावित भएको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवाद कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशको विकास रोकिनुको प्रमुख कारण समयमै काम नगर्ने ठेकेदार र कमजोर ठेक्का प्रणाली रहेको बताए ।

मन्त्री घिसिङले भने, ‘ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या परेको छ । ठेकेदारले बेलामा काम नगरिदिँदा देश र जनतालाई नै घाटा पुगेको छ । कुनै व्यक्तिप्रति प्रतिसोध राखेर काम नगर्ने सरकारी मनोवृत्ति भए पनि परिणाम नआए कडा कदम चाल्नुपर्ने परिस्थिती छ ।’

उनले नेपालको कानुनले कुनैपनि काम ठेक्का प्रक्रिया बिना गर्न नदिने व्यवस्था गरेपनि ठेक्का व्यवस्थापनमा देखिएको कमजोरीका कारण रोजगारी, अर्थतन्त्र र सम्पूर्ण विकास गतिविधि प्रभावित भएको बताए ।

‘प्रतिसोध साँधेर देश विकास हुँदैन । हामीले रिजल्ट हेर्ने हो । रिजल्ट ल्याउन सकिँदैन भने प्रोजेक्ट म्यानेजरदेखि सम्बन्धित निकायका प्रमुखसम्म कारवाही हुनैपर्छ । सहि व्यक्ति सहि ठाउँमा नहुँदा समस्या झनै बढ्छ,’ उनले भने ।

घिसिङले सरकारले अब गुणस्तरीय र परिणाममुखी विकासका लागि जिम्मेवार निकाय र पदाधिकारीको जवाफदेहितालाई अझ कडाइका साथ कार्यान्वयन गर्ने पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्