लेटाङ–२ की अंशु गौतमको दाहासंस्कार सम्पन्न

<span class='c1'>लेटाङ–२ की अंशु</span> <span class='c2'>गौतमको दाहासंस्कार सम्पन्न</span>

मोरङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ । छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । उनको परिवारजनले दागवत्ति दिए भने उपस्थित स्थानीय मलामीजनले अन्तिम श्रध्दाञ्जली दिंदै आत्माको चीर शान्तिको कामना गरे ।
अंशुको अन्तिम विदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सर्वसाधारण लगायत सहभागि भए ।

बिहानैदेखि अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आउनेको भीड बाक्लो देखिन्थ्यो। असोज २३ गतेदेखि हराएकी अंशुको शब १८ दिन पछि जंगलमा विभत्स अवस्थामा भेटिएको थियो । लामो अनुसन्धानपश्चात प्रहरीले अंशुको आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेको पत्ता लगाएर संलग्न ५९ वर्षिय पदमबहादुर अधिकारीलाई गत शुक्रबार पक्राउ गरिसकेको छ ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेसम्म शब नबुझेका परिवारजनले संलग्नलाई पक्राउ गरेपछि शब बुझेर आज उनको दाहासंस्कार सम्पन्न गरिएको हो ।
स्व. अंशुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थानीयहरूले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । दाहासंस्कारपछि परिवारले आफ्नो धार्मिक संस्कारअनुसार काजक्रिया गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्