देवानगंज गाउँपालिकामा शिक्षकहरूलाई एकदिने प्राथमिक आँखा स्वास्थ्य तालिम सम्पन्न

<span class='c1'>देवानगंज गाउँपालिकामा शिक्षकहरूलाई एकदिने प्राथमिक</span> <span class='c2'>आँखा स्वास्थ्य तालिम सम्पन्न</span>

सुनसरी । देवानगंज गाउँपालिकामा शिक्षक–शिक्षिकालाई लक्षित एकदिने प्राथमिक आँखा स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न गरिएको छ। रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोग, फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग तथा देवानगंज गाउँपालिकाको सहकार्यमा आयोजित तालिम सोमबार पालिका अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको हो।

तालिममा पालिकाभित्रका ३६ वटा विद्यालयका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा शिक्षकहरूले विद्यालय स्तरमै विद्यार्थीको दृष्टि परीक्षण गर्न सक्ने सीप, दृष्टि कमजोर भेटिएका विद्यार्थीलाई अस्पताल रिफर गर्ने प्रक्रिया तथा रिफर गरिएका विद्यार्थीको पुनःजाँच प्रणालीबारे व्यवहारिक ज्ञान प्राप्त गरे।

तालिमका प्रशिक्षक तथा वरिष्ठ दृष्टि विशेषज्ञ राजेश कुमार यादवका अनुसार दृष्टि कमजोर भएका तथा चस्मा आवश्यक पर्ने विद्यार्थीलाई रामलाल गोल्छा आँखा अस्पतालले निःशुल्क चस्मा वितरण गर्ने व्यवस्था रहेको छ। नगरका विद्यार्थीहरूको आँखा स्वास्थ्य सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो तालिम भविष्यमा नियमित रूपमा निरन्तर गर्ने तयारी गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्