विराटनगर । जनमत पार्टी मोरङद्वारा आयोजित जिल्ला समन्वय समितिको बैठक तथा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमत पार्टीका अध्यक्ष डा. सिके राउत रहेका थिए। कार्यक्रममा अघिल्लो निर्वाचनको समीक्षा गर्दै आगामी चुनावमा प्रभावकारी कार्ययोजना बनाउने विषयमा कार्यकर्ताहरूलाई विस्तृत प्रशिक्षण दिइएको थियो। अध्यक्ष राउतले भोट माग्ने तरिका, जनतासँग कसरी संवाद गर्ने र संगठनलाई कसरी मजबुत बनाउने भन्ने विषयमा मार्गदर्शन गरे।


उनले मधेसी, थारू, मुसहर लगायतका पछाडि परेका समुदायका माग अझै पूरा नभएको भन्दै आगामी चुनावमा जनमत पार्टीलाई बहुमत ल्याए मात्र ती मागहरू पूरा हुने दाबी गरे। अन्यायविरुद्ध सदैव लड्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै उनले मधेश र मधेसीको हकहितका लागि पार्टीलाई अझ सक्रिय बनाउन नेता–कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा जनमत पार्टी मोरङ अध्यक्ष जीवन गुप्ता, विराटनगर महानगर अध्यक्ष चन्दन मुखिया, क्षेत्रीय तथा स्थानीय तहका नेता–कार्यकर्ता सहितको उपस्थिति थियो।