‘यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन्’

<span class='c1'>‘यही संविधान र हालकै अवस्थामा</span> <span class='c2'>निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन्’</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् ।

विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए । यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए । उनले भने, ‘यही संविधान र यही अवस्थामा निर्वाचन गर्नु समस्याको समाधान होइन । निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकाश दिएर अगाडि जानुपर्छ । जेनजीहरुका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ । निर्वाचन भइहाल्यो भने राप्रपा निर्वाचनबाट भाग्दैन् । निर्वाचनको तयारीसँगै अगाडि बढाएर जान्छ ।’

यस्तै, उनले बैठकमा समग्रमा अहिलेको राजनीतिक परिस्थिति, आगामी निर्वाचन, आन्दोलन आदीका बारेमा छलफल र बहस भइरहेको भन्दै बैठकमा सहभागिहरुले आफ्नो भनाई राख्ने काम जारी रहेको बताए । बोल्ने काम सकिपछि भोलि बैठक समापन हुने पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्