विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल इडेनबर्ग इन्टरनेशनल कलेज (विराटनगर) एकाइले “मेरो देश मेरो जिम्मेवारी” राष्ट्रव्यापी अभियान–२०८२ तथा परिषद्को स्थापना दिवसको अवसरमा क्याम्पस–स्तरीय वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ।

कलेजमा आयोजित कार्यक्रममा परिषद्की राष्ट्रिय सचिव मुना बिष्ट, कोशी प्रदेश सह–सचिव अभिषेक पोखरेल, क्याम्पस प्रमुख संगीता चौधरी, कार्यक्रम संयोजक राजेन्द्र शाहसहित क्याम्पसका प्राध्यापक, पदाधिकारी तथा विद्यार्थीहरूको उपस्थिति थियो।


प्रतियोगितामा सन्ध्या झा प्रथम, निशा देव द्वितीय र अलिशा कर्ण तृतीय भएका छन्। विजयी छात्राहरूलाई प्रमाणपत्र तथा पुरस्कारद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रप्रति उत्तरदायित्व, नेतृत्व क्षमता तथा वक्तृत्वकला प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुगेको कलेजले जनाएको छ।