प्रधानमन्त्रीद्वारा चौंथो पटक मन्त्रिपरिषद् विस्तार, यी हुन् नयाँ मन्त्री

<span class='c1'>प्रधानमन्त्रीद्वारा चौंथो पटक मन्त्रिपरिषद् विस्तार,</span> <span class='c2'>यी हुन् नयाँ मन्त्री</span>

काठमाडौँ ।तीन महिनाअघि पद सम्हालेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्।

नवनियुक्त मन्त्रीहरू श्रद्धा श्रेष्ठ, माधव चौलागाईँ, राजेन्द्र सिंह भण्डारी र कुमार इङ्नामलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार अपराह्ण शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्। यससँगै प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषद्‌ १४ सदस्यीय बनेको छ। प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा र खानेपानीसहित तीन मन्त्रालय भने आफूसँगै राखेकी छन्। प्रधानमन्त्री कार्यालयका अनुसार श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; चौलागाईँले वन तथा वातावरण मन्त्रालय; भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व गर्ने छन्।

सङ्घीय कार्यपालिकामा कुल २१ वटा मन्त्रालय छन्। यसअघि नै मन्त्रिपरिषद्‌मा रहेका केही मन्त्रीले एउटाभन्दा बढी मन्त्रालय हेर्दै आएका छन्।अहिले मन्त्रिपरिषद् विस्तार तथा मन्त्रालय हेरफेर गर्दा प्रधानमन्त्री कार्कीले अनिलकुमार सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मा लगाएकी छन्। यसअघि सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण नवनियुक्त इङ्नामले पाएका छन्।

प्रधानमन्त्री नियुक्त भएको केही दिनपछि कार्कीले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्रिपरिषद्‌मा समावेश गरेकी थिइन्।दोस्रो पटक विस्तार हुँदा अनिलकुमार सिन्हा, मदन परियार, महावीर पुन र जगदीश खरेल मन्त्रिपरिषद्‌मा परेका थिए। तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा डा सुधा गौतम र बब्लु गुप्ता मन्त्री बनेका थिए। त्यतिबेला नाम सिफारिस भएको भए पनि अन्तिम समयमा दुई जना मन्त्री बन्न पाएका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्