लुम्बिनीविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्ने

<span class='c1'>लुम्बिनीविरुद्ध सुदूरपश्चिमले टस जित्यो,</span> <span class='c2'>पहिला ब्याटिङ गर्ने</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे आज फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुन लागेको फाइनल खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै ब्याटिङ रोजेका हुन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो ।

गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ ।
लिग चरणका ६ खेल जितेर एक खेलमा हार ब्यहोरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो ।

 

सुदूरपश्चिम लिग चरणमा विराटनगरसँग मात्र पराजय भएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम छ भने कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्