संघीय संसद सचिवालयको स्थायी खम्बा हो : सभामुख घिमिरे

<span class='c1'>संघीय संसद सचिवालयको स्थायी खम्बा</span> <span class='c2'>हो : सभामुख घिमिरे</span>

काठमाडौं । विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

१९ औँ संघीय संसद सेवा दिवस, २०८२ को मूल समारोहमा बोल्दै उनले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको प्रभावकारी भूमिका रहने बताएका हुन् । उनले भने, ‘संसद राजनीतिको केन्द्र हो । यहाँ विचारको टक्राव हुन्छ, दलगत स्वार्थका बहसहरु हुन्छन् यस्तो उच्च राजनीतिक तापक्रम भएको ठाउँमा कर्मचारी साथिहरुले बरफ जस्तै शितल, स्थिर भएर काम गर्नुपर्ने विषेश परिस्थिती रहन्छ । तपाईंहरु कुनै राजनीतिक दलको कार्यकर्ता होइन, यो संस्थाको संरक्षक हो ।’ उनले संघीय संसद सचिवालयलाई स्थायी खम्बा भन्दै यसको भूमिकामा जोड दिए । उनले भने, ‘जनप्रतिनिधिहरू आउने जाने क्रम रहन्छ, तर सचिवालयले संसदीय प्रणालीको निरन्तरता सुनिश्चित गर्छ र यसको प्रभावकारिता विकास गरिरहन्छ । यसले स्थायी संसदको भूमिका निर्वाह गर्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्छ ।’ साथै सभामुख घिमिरे संसदीय कर्मचारीको कलममा राजनीतिक आग्रह देखिन नहुने भन्दै संविधान र नियमावलीको अक्षर देखिनुपर्ने बताए । यस्तै उक्त समारोहमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशमा व्यापक भ्रष्टाचारको विषय उठाउँदै सबै पक्षले गम्भीर भएर काम गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘आज देशमा व्यापक भष्ट्राचार छ भन्ने भाष्य बनेको छ । कहाँ, कति, कसले, कसरी भष्ट्राचार गरेको र भएको चै यसको वास्तविकताको विषय भविश्यमा अनुसन्धानले लाग्ला नै त्यस परिस्थितीमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकालगायत निजामती कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल लगायत सम्पूर्ण पक्ष गम्भिर बन्न आवश्यक छ ।’ साथै उनले यसमा संघीय संसदमा आवद्ध सबै पक्ष एकतावद्ध भएर झनै गम्भिर बन्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्