केन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष उपहार योजना सार्वजनिक

<span class='c1'>केन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६</span> <span class='c2'>लक्षित विशेष उपहार योजना सार्वजनिक</span>

काठमाडौं । विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ ।

“म्याच रेडि विथ पेवर वाटर” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको ऐतिहासिक वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल र इंग्ल्याण्डबीचको आईसीसी टी–२० विश्वकप खेलको निःशुल्क टिकट प्राप्त गर्नेछन्। ।

साथै, विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत जित्ने अवसर पाउनेछन् । केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा यो ब्राण्ड एक विश्वासीलो ब्राण्डका रूपमा स्थापित भइसकेको छ । अत्याधुनिक प्रविधिबाट तयार गरिएका केन्टका वाटर प्युरिफायरहरूले परिवारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएका छन् ।

यस योजनामा सहभागी हुन ग्राहकहरूले केन्ट (स्पेस) वारेन्टि कार्ड नम्बर (स्पेस) ग्राहकको नाम (स्पेस) ग्राहकको ठेगाना उल्लेख गरी ३१००३ नम्बरमा एसएमएस पठाउनुपर्नेछ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ भने सर्त तथा नियमहरू लागू हुनेछन् । यस सम्बन्धी थप जानकारीका लागि केन्टका आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्