विराटनगर। आज बुधबार पुसोमका विद्यार्थीद्वारा श्री राधाकृष्ण भूपालमान सिंह कार्की माध्यमिक विद्यालयमा सफल आँखा परिक्षण कार्यक्रम संचालन भएको छ । पुर्वान्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट अन्तर्गत बी.बी.ए पाँचौ सेमेस्टर सेक्शन-ए का विद्यार्थीहरुले संचालन गरेका हुन् ।




सामुदायिक संलग्नतामा आधारित यस पहलमा विद्यालयका विद्यार्थी तथा शिक्षक-कर्मचारी गरी १५० भन्दा बढी सहभागीहरूले आँखा परीक्षण गराए। यस परियोजनाले सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य चेतनामा पुसोमका विद्यार्थीहरूको सक्रिय सहभागितालाई उजागर गरेको छ।
