नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन

<span class='c1'>नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको</span> <span class='c2'>सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन</span>

जनकपुर । नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको छ ।
जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलनमार्फत जेसीजका आयोजक जनकपुर जेसीज र नेपाल जेसीजले संयुक्त रुपमा जानकारी गराएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भोली शुक्रबार जनकपुरधामको तिरहुतीया गाछीमा बनाइएको भव्य कार्यक्रम स्थलमा हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले बताइन ।

उनले चार दिनसम्म हुने कार्यक्रममा मेचीदेखि महाकालीसम्ममा रहेका जेसीजको १७४ शाखाका पाँचहजार भन्दा बढी अतिथिहरुको उपस्थिती रह्ने जानकारी दिइन् ।यस महाधिवेशनको मुख्य केन्द्र बिन्दुको रुपमा जेसीजका अन्तर्राष्ट्रिय भाईस प्रेसिडेन्ट जापानका सुजुकी आउन लागेको थापाले जानकारी दिइन । उनले महाधिवेशनमा नेतृत्व चयन वाहेक पनि अन्य थुप्रै कुराको छलफल, अन्तरक्रिया, तालिमलगायतका कुराहरु राखिएको बताइन ।
उनले सार्क ट्यांक नेपालका पदाधिकारी पनि महाधिवेशनमा आउने र लगानी, व्यापार व्यवसायी, उत्पादन, नाफाका कुराहरुबारे जानकारी प्रशिक्षण दिने जानकारी दिइन ।जनकपुरधाममा जेसीजले पाँचौ पटक अधिवेशन गर्न लागेको हो । यसअघि जनकपुर जेसीजले चार पटक महाधिवेशन जनकपुरधाममा सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्