नेप्से ९.९३ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो

<span class='c1'>नेप्से ९.९३ अंकले उक्लियो, कारोबार</span> <span class='c2'>रकम ७ अर्ब नाघ्यो</span>

काठमाडौं । मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ ।

सोमबार ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३३४ वटा स्टकको ८८ हजार ३६२ पटकको कारोबारमार्फत ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ । शेयरमूल्य वृद्धितर्फ यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतले उक्लिएको छ भने हिमालयन ८०–२० को इकाईमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । यता, रु रु जलविद्युत परियोजनाको शेयरमूल्य भने सर्वाधिक ८.४१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको मंगलबार २४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, बुटवल पावर कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये मंगलबार ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्