‘विशेष महाधिवेशनको तयारी तिब्र, निधिमाथिको दुव्र्यवहार कार्यकर्ताको भावना’

<span class='c1'>‘विशेष महाधिवेशनको तयारी तिब्र,</span> <span class='c2'>निधिमाथिको दुव्र्यवहार कार्यकर्ताको भावना’</span>

काठमाडौँ । नेपाल कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले तयारी तीव्र भइरहेको र प्रतिनिधिहरुलाई काठमाडौं आउनका लागि आब्हान गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरले अनामनगरस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी दिएका हुन् । महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको नेता सुवास पोखरेलले जानकारी दिए ।उनले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौँ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरे । महाधिवेशन भृकुटीमण्डपमा पुस २७ र २८ गते गर्नेगरी तयारी गरिएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महाधिवेशनमा देशभरबाट उत्साहजनक उपस्थिति हुने दाबी गरे ।
‘हाल स्वसेवक परिचालन समितिदेखि मिडिया व्यवस्थापनको समितिको पनि व्यवस्था हुदैँछ । विशेष महाधिवेशन भनेको विधानको रक्षा गर्नको लागि हो । संविधानमा समस्या आयो भने जसरी राजनीतिक दलहरुले आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्छ त्यसैगरि काङ्ग्रेसको विधानमा रहेको व्यवस्थामा टेकेर यो महाधिवेशनको माग हो र विधानको रक्षापनि हो,’ शिवाकोटीले भने ।यता, मंगलबार नै पार्टी कार्यालयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि भएको दुव्र्यवहार कार्यकर्ताको अन्तरआत्माको भावना भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । तर उक्त घटनाको जिम्मेवारी आफूहरुले नलिने पनि बताइयो ।
कार्यकर्ताहरुले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधीलाई बाटो छेकेर दुव्र्यवहार गरेका थिए । तर नेता पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको र आफूहरुले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गरे ।तर उक्त घटनामा आफूहरुको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्