राष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता

<span class='c1'>राष्ट्रियसभा सदस्य निर्वाचनः आज</span> <span class='c2'>उम्मेदवारको मनोनयन दर्ता</span>

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यको पद पूर्ति गरिनेछ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिनेछ।
आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो भने मंगलबार मतदाता नामावलीमाथि कुनै दाबी–विरोध परे नपरेको यकिन गर्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ। निर्वाचन तालिकाअनुसार पुस २४ गते उम्मेदवारको मनोनयनमाथि उजुरी दिने समय तोकिएको छ।

यस्तै, पुस २७ गते उम्मेदवारले चाहेमा आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पदावधि समाप्त हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभाको संरचना निरन्तर कायम राख्न समयमै निर्वाचन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्