पुरानो रिसिबीका कारण छिमेकीद्वारा दुई युवामाथि छु*रा प्रहार

<span class='c1'>पुरानो रिसिबीका कारण छिमेकीद्वारा</span> <span class='c2'>दुई युवामाथि छु*रा प्रहार</span>

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.१६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ ।

घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६ः४५ बजे घरअगाडि आगो ताप्दै बसेका बेला पुरानो रिसिबीका कारण छिमेकीले विकास र सुरजमाथि धारिलो हतियार प्रहार भएको हो । घटनामा विकासको टाउकोमा र सुरजको पेटमा चोट लागेको उनले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान अनुसार घाइते र आक्रमणकर्ताबीच यसअघि पनि विवाद भएको र सोही रिसिबीका कारण घटना घटेको देखिएको एसपी पाठकले बताए । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको उनको भनाइ छ। अस्पतालमा कार्यरत चिकित्सकहरूका अनुसार घाइते दुवैको स्वास्थ्य अवस्था हाल चिन्ताजनक छैन। घाइते युवाहरूले आफूहरू आगो ताप्दै बसेको बेला अचानक छिमेकीले छुरा प्रहार गरी घाइते बनाएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्