धनुषा मस्जिद तोडफोड विवाद : सद्भाव कायम गर्ने सर्वपक्षिय निर्णय

<span class='c1'>धनुषा मस्जिद तोडफोड विवाद :</span> <span class='c2'>सद्भाव कायम गर्ने सर्वपक्षिय निर्णय</span>

जनकपुर । धनुषाको कमलानगरपालिकामा भएको मस्जिद तोडफोड विवाद देशव्यापी चर्किरहेको बेला जनकपुरधाममा सर्वपक्षिय बैठक बसेर सद्भाव कायम गर्ने निर्णय गरिएको छ ।

मंगलबार (आज) धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा सामाजिक सद्भाव र एकता कायम गर्न सबै पक्षबाट आवश्यक समन्वय, सहयोग र द्वन्द्व न्यूनकिरणका लागि सकृय रुपमा लाग्ने निर्णय गरिएको छ । सद्भाव कायम राख्न सम्पूर्ण धर्म, समुदाय, राजनैतिक पार्टीहरुले आ आफ्नो तर्फबाट प्रयास गर्दै कुनै पनि पक्ष वा व्यक्तिले धार्मिक, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने÷नगराउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइटेलले जानकारी दिए ।

उनले मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाउने कार्यमा संलग्नहरुलाई कानुन बमोजिम कारवाही हुने प्रतिबद्धता जाहेर गरे । लुइटेलले अपशब्द प्रयोग गरी हिन्दू धर्म प्रति टिप्पनी गरेर टिकटक भिडियो बनाउने माथि पनि कानुन बमोजिम सजाय हुने बताए । उनले धनुषाबाट सुरु भएको दुबै समुदायबीचको द्वन्द्व देशभर फैलिसकेकोले अब सबैलाई शान्त हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्