माघ १६ देखि धरानमा मेडिकल विद्यार्थीहरूको भेला हुँदै

<span class='c1'>माघ १६ देखि धरानमा</span> <span class='c2'>मेडिकल विद्यार्थीहरूको भेला हुँदै</span>

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा चिकित्सकहरूको भेला हुने भएको छ ।

माघ १६ गतेदेखि २४ गतेसम्म धरानमा ‘अल नेपाल इन्टर मेडिकल कलेज मिट– साइन्याप्स २०२६’ नामक सप्ताहव्यापी कार्यक्रममा विद्यार्थी, चिकित्सक तथा आवासीय चिकित्सकहरूको सहभागिता रहनेछ । कार्यक्रममा खेलकुद, सांस्कृतिक तथा साहित्यिक गोष्ठी र समारोहहरू आयोजना गरिने छन् । कोरोना महामारी तथा अन्य विविध कारणले नियमित रूपमा आयोजना हुन नसकेको यो कार्यक्रम पुनःसञ्चालन हुन लागेको हो ।

मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्