कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण प्रतिनिधिहरूको सक्रिय सहभागिताको लागि आव्हान

<span class='c1'>कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण</span> <span class='c2'>प्रतिनिधिहरूको सक्रिय सहभागिताको लागि आव्हान</span>

काठमाडौं । नेपाली काङ्ग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सहभागिताको लागि आग्रह गरेको छ । बुधबार नेपाली काँग्रेसको विशेष महाधिवेशन सम्बन्धमा आयोजित विशेष पत्रकार सम्मेलन गर्दै महाधिवेशन प्रतिनिधिहरुलाई सहभागिता हुन आग्रह गरेको हो ।सोही क्रममा नेपाली काङ्ग्रेसका नेता सुवास पोखरेलले पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको भन्दै यसले लिने हरेक निर्णयहरूले आफैंमा वैधता प्राप्त गर्ने बताए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७(१) अनुसार २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्छ । यदि त्यो सम्भव नभए धारा १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ । यसैबीच पार्टीले २०६२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न हुन सकेन । यस्तो अवस्थामा माग बमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको हो । यसअनुसार २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था छ । विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि नरहेको नेता खरेल बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्