काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना ४ जनाको मृत्यु, २७ घाइते

<span class='c1'>काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना</span> <span class='c2'>४ जनाको मृत्यु, २७ घाइते</span>

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा भएको बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् । दुर्घटनामा परेर ११ जना पुरुष र १६ जना महिला घाइते भएका छन् ।दुर्घटनामा परेकामध्ये स्तुपा अस्पतालमा १, नेपाल मेडिकल कलेजमा १ र शंखरापुर अस्पतालमा १ जनाको मृत्यु भएको हो । नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको थियो ।अर्थोपेटिक अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल अस्पताल, स्तुपा अस्पताल, टिचिङ अस्पताल,मुलपानि नगर अस्पताल, सुस्मा कोइराला अस्पताल, पिपुल्स लाईफ केयर अस्पताल गरी जम्मा ८ वटा अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।घाइतेमध्य १ जना महिलाको अवस्था गम्भीर छ । गम्भीर घाइते महिला शंखरापुर अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्