विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) मा Post Graduate MS (General Surgery) अन्तर्गतका रेजिडेन्ट चिकित्सकहरूका लागि लक्षित दुईदिने बृहत शैक्षिक कार्यक्रम ‘बिराट सर्जिकल अपडेट्स २०२६’ शुक्रबारदेखि सुरु भएको छ।
BMCTH को सभागृहमा आयोजित उक्त Exam Oriented Crash Course कार्यक्रम आज शनिबार बेलुका सम्पन्न हुने छ। शल्यचिकित्सा क्षेत्रमा पछिल्ला नवीनतम ज्ञान, सीप तथा प्रविधिगत प्रगतिहरू साझा गर्ने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रम बहुविषयक शैक्षिक प्लेटफर्मका रूपमा सञ्चालन भइरहेको छ।
कार्यक्रममा जनरल सर्जरी, जीआई सर्जरी, युरोलोजी, न्युरोसर्जरी तथा प्लास्टिक सर्जरी जस्ता विभिन्न विभागका विषयवस्तुहरू समेटिएका छन्। साथै, आधुनिक शल्यचिकित्सामा टोलीगत (Team-based) उपचार पद्धतिको महत्त्व उजागर गर्दै एनेस्थेसिया र रेडियोलोजी विभागको समेत महत्वपूर्ण भूमिका प्रस्तुत गरिएको छ।


यस शैक्षिक कार्यक्रममा IOM–TUTH, KIST मेडिकल कलेज, BPKIHS, नोबेल मेडिकल कलेज तथा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रतिष्ठित शिक्षक–चिकित्सकहरूको सहभागिता रहेको छ। कार्यक्रममार्फत करिब ७० जना जुनियर रेजिडेन्ट चिकित्सकहरू लाभान्वित भएका छन्।
आयोजकका अनुसार, ‘बिराट सर्जिकल अपडेट्स २०२६’ ले शल्यचिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन, परीक्षामुखी तयारी तथा व्यावहारिक ज्ञान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।