चन्द्रपुरको चाँदी खोलामा सशस्त्र प्रहरीको छापा : अवैध बालुवा उत्खननमा संलग्न ८ ट्र्याक्टर र चालक नियन्त्रणमा

<span class='c1'>चन्द्रपुरको चाँदी खोलामा सशस्त्र प्रहरीको छापा : अवैध</span> <span class='c2'>बालुवा उत्खननमा संलग्न ८ ट्र्याक्टर र चालक नियन्त्रणमा</span>

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा भइरहेको अवैध प्राकृतिक दोहन नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता देखाएको छ ।
बिहीबार बिहान चाँदी खोलाको दुई फरक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले आठवटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस सन्तपुरबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो । बिहीबार बिहान करिब ७ः२० बजेको समयमा चन्द्रपुर नगरपालिका–५ राजपैडा र वडा नम्बर ८ मोतीपुरस्थित चाँदी खोलाको बगरमा ट्र्याक्टरहरूले रूपमा बालुवा लोड गरिरहेको सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो । सूचना पाएलगत्तै सन्तपुर बेसका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विश्वनाथ जिसीको नेतृत्वमा ११ जनाको विशेष टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। टोली पुग्दा खोलाको बगरभित्र केही ट्र्याक्टरमा बालुवा लोड भइरहेको र केही लोड गर्ने तयारीमा रहेको अवस्थामा फेला परेका थिए । सशस्त्र प्रहरी बल रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामहरि अधिकारीका अनुसार अवैध उत्खननमा संलग्न रहेका आठ जना चालक र उनीहरूले चलाएका ट्र्याक्टरहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरुमा ६ त ३७८५ का ट्र्याक्टर र चालक दीपेन्द्र माझी, ५ त ५४२ का चालक राहुल यादव, ५ त ९५५१ का चालक देवनाथ चौधरी, करण चौधरी, रामायण पटेल, विवेक पासवान, मायालाल माझी र भुन्टा माझी रहेका छन् ।

सशस्त्र प्रहरी सन्तपुर बेसका अनुसार नियन्त्रणमा लिइएका सबै ट्याक्टर र चालकहरूलाई आवश्यक कानुनी कारबाही र जरिवानाका लागि चन्द्रपुर नगरपालिकाको कार्यालयमा बुझाइएको छ । स्थानीय प्रशासनले खोलाजन्य पदार्थको अवैध उत्खनन्मा कडाइ गरेपनि तस्करहरूले बिहान र रातको समय छोपेर दोहन जारी राखेको स्थानीयबासीको भनाइ छ । तर सशस्त्र प्रहरीले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न आफ्नो गस्ती र निगरानीलाई थप तीव्र बनाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्