संविधान कार्यान्वयनमा इमान्दारिता अभाव : पेम्बा गुरुङ भोटे

<span class='c1'>संविधान कार्यान्वयनमा इमान्दारिता अभाव</span> <span class='c2'>: पेम्बा गुरुङ भोटे</span>

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । ‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गरेका हुन् । सो अवसरमा महासंघका महासचिव पेम्बा गुरुङ भोटेले नेपालको राजनीतिक यात्रा र आदिवासी जनजातिको योगदानबारे धारणा राख्दै वर्तमान अवस्थामा संविधान कार्यान्वयनमा गम्भीर चुनौती रहेको बताए । उनले नेपालको राजनीतिक इतिहासमा धेरै संघर्ष, बलिदान र आन्दोलन भएको उल्लेख गर्दै विशेषगरी आदिवासी जनजातिहरूले वर्तमान संविधान ल्याउन ठूलो भूमिका खेलेको बताए । उनले भने,‘विगतमा सातवटा संविधान विभिन्न कारणले असफल बनेपछि २०७२ असोज ३ गते नयाँ संविधान जारी गरियो । त्यसबेला हामीले राजनीतिक क्रान्ति सम्पन्न भएको र अब जनताको जीवनस्तर सुधारतर्फ अघि बढ्ने अपेक्षा गरेका थियौं । तर, प्राप्त अधिकारको व्यवहारिक कार्यान्वयनमा राजनीतिक दल र सरकार पक्षबाट इमान्दारिता अभाव हुँदा फेरि पनि संविधानमाथि प्रश्न उठ्न थालेको छ ।’

गुरुङ भोटेले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि सबै पक्ष अग्रसर हुनुपर्ने बताए । उनले जनतामा राजनीतिक दलप्रति बढ्दो निराशा र उदासीनताको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै केवल भाषणले मात्र परिवर्तन सम्भव नहुने धारणा राखे । उनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्दै सुधारतर्फ अग्रसर हुन आग्रह गरे । ‘नेपाल किन पछाडि प¥यो, जनतामा राजनीतिक दलप्रति विश्वास किन घट्यो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक छ,’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्