राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल

<span class='c1'>राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक</span> <span class='c2'>सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल</span>

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारमा बसेको छ । अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारीका विषयमा विस्तृत छलफल भइरहेको छ । साथै, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष पद र विभिन्न समिति सभापतिहरूको निर्वाचन प्रक्रिया अगाडि बढाउने विषय पनि प्राथमिकतामा परेको छ ।

यस्तै, हालै नवनिर्वाचित सदस्यहरूको विभिन्न समितिमा विभाजन गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा सहित राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता, प्रमुख सचेतक, सचेतक तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

समितिको बैठकले आगामी अधिवेशनलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक निर्णयहरू गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्