सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन

<span class='c1'>सञ्चालनमा नआउँदै भत्कियो</span> <span class='c2'>प्रसूति केन्द्रको भवन</span>

रामेछाप । रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ ।

संघीय सरकारको बजेट करिब २ करोडको लागतमा निर्माण भएको सो भवन प्रयोगमा नै नआई भत्किएको हो । स्वास्थ्य चौकीको भवनको तल्लोपट्टिको चौर खारेर बनाइएको भवनको मुनि खनिएको सडक र माथिबाट खारेको दुवैतिरबाट पहिरो चलेपछि पहिरोले तानेर र पुरिएर भवन भत्किएको हो । दुई तल्ले सो भवनको जगदेखिको भाग पहिरोको कारण भत्किएर चिरा–चिरा परेको छ । भवनको माथिबाट पनि पहिरो झरेर भवनमा क्षति पुर्याएको छ । सो भवनसँगै रहेको शौचालयको पर्खाल चिरिएर भत्कन ठिक्क परेको छ । शौचालयको भवन जगसहित बगेको छ ।

वडाध्यक्ष ध्रुव चौलागाईँका अनुसार गत वर्ष र यस वर्षको वर्षाको बेला परेको अविरल वर्षाको कारण भवन बनाएको ठाउँ बगेको हो । नयाँ बनेको भवन प्रयोग गर्न नपाई क्षति पुगेपछि साँघुरो कोठामा प्रसूति केन्द्र सञ्चालन गर्नुपरेको उनले बताए । ‘यो भवनमा छिर्न सक्ने अवस्था नै छैन, हामीलाई एउटा भवनको अति आवश्यक छ,’ चौलागाईँले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्