कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग

<span class='c1'>कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न</span> <span class='c2'>जेनजी मुभमेन्ट नेपालको माग</span>

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

जेनजी मुभमेन्ट नेपालले मंगलबार (आज) जारी गरेको प्रेस वक्तव्यमा प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत भएको आरोप लगाइएको छ । ‘देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिएको उक्त प्रतिवेदन लुकाएर राख्नु स्वीकार्य हुन सक्दैन,’ वक्तव्यमा उल्लेख गरिएको छ । आन्दोलनले सरकारमाथि राज्यसत्ताको दुरुपयोग भएको गम्भीर आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्ने जनअधिकारबाट नागरिकलाई वञ्चित गरिएको दाबी गरेको छ ।

जेनजी मुभमेन्ट नेपालले सरकारलाई यही १३ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्न अल्टिमेटम समेत दिएको छ । उक्त समयसीमाभित्र माग पूरा नभए शीतल निवास घेराउसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ । वक्तव्यमा आन्दोलनका क्रममा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ । आन्दोलनले लोकतान्त्रिक मूल्य–मान्यता र जनअधिकारको रक्षा गर्न निरन्तर प्रतिबद्ध रहने बताउँदै आवश्यक परे थप कडा कदम चाल्ने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्