विदाइ समारोहमा मन्त्री सिन्हाले भने : विषम परिस्थितिमा जिम्मेवारी पूरा गरें

<span class='c1'>विदाइ समारोहमा मन्त्री सिन्हाले भने :</span> <span class='c2'>विषम परिस्थितिमा जिम्मेवारी पूरा गरें</span>

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हालाई विहीबार मन्त्रालयबाट औपचारिक रूपमा विदाइ गरिएको छ। बुधबार आयोजित विदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूले सिन्हालाई सम्मानसहित विदाइ गरेका हुन् ।

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा सहभागी भएका सिन्हाले सुरुवाती चरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय उनले ऊर्जा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी करिब ६ महिनासम्म सरकारमा रहे । विदाइ कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले राज्यले आवश्यक ठानेको समयमा आफूले जिम्मेवारी सम्हालेको उल्लेख गरे । उनले चुनावको तयारीसँगै मन्त्रालय सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘चुनावको तयारी गर्नुपर्ने र मन्त्रालयलाई चलायमान बनाउनुपर्ने चुनौती थियो । विगतको अनुभव, शिक्षा र समन्वयकारी भूमिकाहरू यस्तै बेला राज्यलाई आवश्यक हुन्छ । ३४ वर्ष कानून व्यवसाय गर्दा राज्यले प्लेटफर्म दियो, त्यसपछि सर्वोच्च अदालतको न्यायाधीश बन्ने अवसर पनि राज्यले नै दियो ।’

देश विषम परिस्थितिमा पुगेको समयमा आफूलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले प्रारम्भमा तीनवटा मन्त्रालय सम्हाल्नु चुनौतीपूर्ण भए पनि कर्तव्यबोधका साथ काम गरेको बताए । कानून मन्त्रालयको कार्यसम्पादनबारे चर्चा गर्दै उनले भने, ‘यो मन्त्रालयमा आउँदा सुरुदेखि नै सिस्टमेटिक ढंगले काम भइरहेको देखेँ । सबै कर्मचारी आफ्नो जिम्मेवारीमा केन्द्रित भएर काम गरिरहेको पाएँ । यसले सुशासन र देशको विकासप्रति मन्त्रालयको प्रतिबद्धता झल्काउँछ ।’ उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि राज्यको आवश्यकताअनुसार योगदान दिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्