धनकुटामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी,एक जना पक्राउ

<span class='c1'>धनकुटामा १३ वर्षीया बालिकामाथि</span> <span class='c2'>जबरजस्ती करणी,एक जना पक्राउ</span>

धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा महालक्ष्मी नगरपालिकाका ४२ वर्षीय धन बहादुर गिरी पक्राउ परेका हुन्।

महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने गिरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले उनलाई बुधबार साँझ घरैबाट पक्राउ गरेको हो।

पक्राउ परेका गिरीमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्