हाम्रो विराटनगर, पाठ्यक्रम बनेको पाँचवर्षसम्म पनि छैन पाठ्यपुस्तक

<span class='c1'>हाम्रो विराटनगर, पाठ्यक्रम बनेको</span> <span class='c2'>पाँचवर्षसम्म पनि छैन पाठ्यपुस्तक</span>

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयमा ‘हाम्रो विराटनगर’ विषयको पठनपाठन अनिवार्य गरेको छ । कक्षा १ देखि ८ सम्म अनिवार्य विषयको १०० पूर्णाङ्कको परीक्षा हुन्छ । तर, हाम्रो विराटनगरको पाठ्यक्रम बनेको पाँचवर्ष पुग्दा उक्त पुस्तक अहिलेसम्म विद्यार्थीले पाउन सकेका छैनन् ।
नेपालको संविधानले पालिकाहरूलाई पनि स्थानीय पाठ्यक्रम तयार पार्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गर्दै विराटनगर नगर महानगरपालिकाले स्थानीय पाठ्यक्रम स्वीकृत गरी लागू गरेको थियो । शैक्षिक सत्र २०७७ सालदेखि स्थानीय पाठ्यक्रम अनुसार महानगरमा ‘हाम्रो विराटनगर’ विषयको पठनपाठन कक्षा १ देखि ८ सम्म अनिवार्य गरिएको छ ।

प्रारम्भमा कक्षा १ देखि ३ सम्मबाट स्थानीय पाठ्यक्रम लागू गरेको महानगरले २०८० सालमा ६–८ को पाठ्यक्रम बनाएर कार्यन्वयनमा ल्याएको हो । कक्षा १ देखि ८ सम्म नै अनिवार्य विषय बनाएपनि पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक तयार नगर्दा महानगरको विषयमा विद्यार्थीहरूको सिकाईमा एक रुपता छैन ।
स्थानीय पाठ्यक्रम लागू गरेको महानगरले हरेक कक्षामा १०० पूर्णाङ्कको परीक्षा लिने गरेको छ । सय पूर्णाङ्कको परीक्षाको तयारी गर्नुपर्ने विद्यार्थीलाई सन्दर्भ सामग्रीको अभाव हुँदा शिक्षकले पढाएको सीमित जानकारीमा आधारित हुनुपर्ने समस्या छ ।

विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार कक्षा ६–८ को पाठ्यपुस्तक बैशाखभरीमा छापिने संभावना छ । कक्षा १–५ को पाठ्यपुस्तक भने आगामी भदौ–असोजसम्ममा आउनसक्नेछ । कक्षा १–३ को लागि यस अगाडी नै पाठ्यपुस्तक छपाई गरिएको थियो । त्यसको परिमार्जन गर्नुपर्ने देखिएको छ । कक्षा ४ र ५ को पाठ्यपुस्तक विज्ञहरुले लेखिरहेको दावी छ ।
विराटनगर महानगरले लागू गरेको पाठ्यक्रम महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूका लागि अनिवार्य छ । तर अधिकांश संस्थागत विद्यालयहरूले भने हाम्रो विराटनगरको पाठ्यक्रम पठनपाठन गराइरहेका छैनन् ।

महानगरपालिकाले बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन, बालबालिकाको सामाजिक, बौद्धिक तथा संवेगात्मक सिपको विकास गर्न, राष्ट्रिय र सामाजिक भावना जागृत गराउन, स्थानीय कला, भाषा, संस्कृति संरक्षणमा योगदान गर्न, शारीरिक तथा मानसिक विकास गराउन, वातावरण, सरसफाइमा अभिप्रेरित गर्दै नेतृत्व क्षमता विकास गर्नका लागि यो कार्यविधि लागू गरेको जनाएको छ । तर त्यस अनुरुप व्यवहारमा कार्यान्वयन नहुँदा अतिरिक्त सिकाइतर्फ विद्यार्थीहरू कमजोर बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्