विराटनगर जुट मिल : प्रजातन्त्रपछि मजदुरी खोसियो, गणतन्त्रमा बास खोसिने त्रास

<span class='c1'>विराटनगर जुट मिल : प्रजातन्त्रपछि मजदुरी</span> <span class='c2'>खोसियो, गणतन्त्रमा बास खोसिने त्रास</span>

विराटनगर । नेपालको पहिलो जुट उद्योग विराटनगर जुट मिल्स १९९३ सालमा स्थापना गर्नुपूर्व हरिनगरा भट्टा लगाइएको थियो । जहाँ इट्टा पोलिन्थ्यो र जुट मिलको संरचनाका लागि प्रयोग गरिन्थ्यो । ढेड बिघाहा क्षेत्रफलमा फैलिएको हरिनगरा भट्टा विराटनगर–१५ मा पर्दथ्यो । जुन हड्तालि हाटदेखि दक्षिण–पूर्व दुईसय मिटर दुरीमा अहिले घनाबस्तीले पुरिएको छ ।

विराटनगर–१६ मा विराटनगर जुट मिल्सको जीर्ण संरचना अहिले पनि टक्रक्क छँदैछ । विराटनगर–१५ र १६ लाई रानीपथले छुट्याउँछ । रानीपथ पश्चिममा जुट मिल्स क्षेत्र र पूर्वतर्फ हड्तालि हाट छ । जुट मिल्सको नाममा जम्मा ६७ बिघा जग्गामध्ये ५१ बिघा उद्योग परिसरले चर्चेको छ । हड्तालि हाट र हरिनगरा भट्टा क्षेत्रमा १४ बिघा जग्गा रहेको छ । त्यस बाहेक उद्योग भएदेखि पश्चिमतर्फको एउटा कुनामा समेत ढेड बिघा जग्गा रहेको अनुमान गरिएको छ ।

अहिलेसम्म उद्योग परिसरमै रहेको केहि जग्गा कानुनी रुपमै व्यक्तिको देखिएकोले बिक्रीबन्डा भइसकेको छ । स्थानीय उत्तिमलाल यादवको २ बिघा ५ कठ्ठा १६ धुर जग्गा जुट मिल परिसरबाट चँुडिएको हो । यो जग्गामा मिलको सदरगेट, डिस्पेन्सरी भवन, चामल गोदाम, स्टाफ क्याटर, मोटर ग्यारेज, बडाबङ्ला, चिकित्सक क्वाटरलगायत संरचना थिए । अहिले व्यक्तिका घर छन् ।
जुट मिल्स सञ्चालक समितिका अध्यक्ष कार्कीका अनुसार यो विवादको पृष्ठभूमि उद्योग स्थापना हुँदा देखिकै थियो । यादवको नाममा देखिएको जग्गाको कुत जुट मिल्स व्यवस्थापनले बुझाउँथ्यो । तर, २०१५ सालमा मुद्दा परेपछि सर्वोच्च अदालतले शर्तसहितको फैसला व्यक्तिको पक्षमा गरिदिएको थियो । जग्गा व्यक्तिको रहेको तर बिक्री गर्दा जुट मिललाई नै दिनुपर्ने शर्त भएपछि उत्तिमलालपछि उनका छोराहरु सूर्यलाल र अशोक यादवले २०३२ सालमा जग्गा खरिद गर्न भन्दा नमानेपछि विवाद तानिदै आयो । पछि सर्वोच्च अदालतकै फैसला अनुसार यो जग्गा व्यक्तिको नाममा गयो, अनि अन्य व्यक्तिहरुलाई बिक्री गर्दै घरहरु बनेका छन् ।

अहिले सरकारले नेपालकै जेठो उद्योग विराटनगर जुट मिल्सको १४ बिघा क्षेत्रफलमा बनेका व्यक्तिका संरचना हटाउने तयारी गरेको छ । अध्यक्ष कार्कीका अनुसार तत्कालिन समयमा जुटमिलका मजदुरहरु बस्ने गरि झुप्रा बनेको हड्तालि हाट र हरिनगरा भट्टा क्षेत्रमा अहिले कंक्रिट घर समेत बनेका छन् । हट्तालि हाट, दक्षिण गेट, हरिनगरा भट्टा, मोरङ विराटनगर अटोवक्र्स क्षेत्रमा ६०० परिवारको बसोबास रहेको छ । त्यो बाहेक जुट मिल र हड्तालि हाटलाई छुट्याउने रानीपथ सडकमा ३० वटा पसल पनि हटाइने छ । यी बसोबास गर्नेहरु कतिपय विराटनगर जुट मिल्स सञ्चालन हुँदाका मजदुर हुन् । कतिपय भने मजदुर बसिरहेको घर खरिद गरेर वा भाडामा लिएर बस्नेहरु पनि छन् । सरकारको जग्गा लिखत बनाउँदै बिक्री गर्नेहरुमा भने पार्टीगत मजदुरका नेताहरु नै सक्रिय हुँदै आएका थिए ।

अध्यक्ष कार्कीका अनुसार २०७० सालदेखि बन्द उद्योगमा सञ्चालक समिति चाँहि सरकारले नै गठन गर्दै आएको छ । कार्की अन्तरिम सरकारभन्दा पूर्ववर्ति सरकारको पालामा अध्यक्ष नियुक्त व्यक्ति हुन् । उनका अनुसार जुटमिलको क्षेत्र अतिक्रमण तिव्र छँदैछ, त्यति मात्रै नभई सरकारी जग्गाको अवैध तरिकाले किनबेच गर्ने काम समेत गरिएको छ । भएको थियो । तर, जुटमिल्स परिसरको जग्गा हड्प्नेहरुको विराटनगरमा पक्की घर समेत रहेकोले हटाएर सरकारी सम्पतिको संरक्षण हुनुपर्ने उनको भनाई छ ।

नेपालको औद्योगिक इतिहासको प्रारम्भ बिन्दु विराटनगर जुट मिलबाटै प्रजातान्त्रिक आन्दोलनको उठान भएको थियो । मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला यहि उद्योगमा मजदुरी गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका हुन् । चार हजार आसपास मजदुरले दैनिक रोजगारी पाउने जुट मिल उदार अर्थतन्त्रको नीतिपछि विस्तारै सुक्दैगयो । यसको सहि व्यवस्थापन नहुँदा यहाँका मजदुरको रोजीरोटी खोसियो । अहिले त्यहि आडमा बसेकाहरुको बास उठ्ने स्थितिमा पुग्यो । अहिले त्यहाँका स्थानीय चिन्तामा छन् । उनीहरुको दैनिकी अब के गर्ने भन्ने सल्लाहमै बितिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्