२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

<span class='c1'>२० अर्ब रुपैयाँको ऋणपत्र जारी</span> <span class='c2'>गर्दै नेपाल राष्ट्र बैंक</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले १ वर्ष अवधिको लागि उक्त ऋणपत्र बोलकबोल मार्फत जारी गर्न लागेको हो ।

बैंकद्वारा प्रकाशित सूचना अनुसार, यस ऋणपत्रको बोलकबोल असार २४ गते मध्याह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागी हुन चाहने संस्थाहरुले न्यूनतम ५ करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ । यसको साँवा भुक्तानी २०८४ असार २४ गते हुनेछ भने ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । इच्छुक बोलवालाले बहुब्याजदरमा समेत बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । बैंकले सानोदेखि ठूलो ब्याजदरको क्रममा बोलपत्रहरुलाई राखेर आह्वान गरिएको रकमसम्मको बिन्दुमा एकल ब्याजदर कायम गरी ऋणपत्र बिक्री गर्ने प्रक्रिया तोकेको छ ।

लगानी गरिएको यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा समेत प्रयोग गर्न सक्नेछन् । यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । साथै, स्वीकृत बोल रकम भुक्तानीका लागि सम्बन्धित संस्थाको खातामा पर्याप्त मौज्दात हुनुपर्नेछ । यदि मौज्दात अभाव भई बोल रकम रद्द भएमा सम्बन्धित संस्थालाई स्वीकृत रकमको २.५० प्रतिशत हर्जाना लगाइनुका साथै ६ महिनासम्म कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइने समेत सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्