विराटनगर विमानस्थलमा हवाई उडान सामान्य

<span class='c1'>विराटनगर विमानस्थलमा हवाई</span> <span class='c2'>उडान सामान्य</span>

सोनु साह,
विराटनगर । देशभर मौसममा आएको परिवर्तनसँगै विभिन्न स्थानमा वर्षा भइरहेको भए पनि विराटनगर विमानस्थलबाट हुने हवाई उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ। असोज ८ गतेदेखि लगातार वर्षा भइरहेका कारण देशका केही स्थानमा भारी वर्षासँगै राजमार्गसमेत अवरुद्ध भएका छन्। खराब मौसमका कारण हवाई उडान प्रभावित हुने आशंका बढिरहेका बेला विराटनगर विमानस्थलमा भने हालसम्म त्यस्तो समस्या देखिएको छैन।

विराटनगर विमानस्थल कार्यालयका प्रमुख शुभाष झाले पछिल्ला दुई दिनदेखि वर्षा भइरहेको भए पनि विराटनगरबाट काठमाडौं हुने हवाई उडानमा कुनै उल्लेख्य प्रभाव नपरेको जानकारी दिए। उनका अनुसार शुक्रबार पनि विराटनगर विमानस्थलमा काठमाडौंलगायत विभिन्न गन्तव्यबाट आउने विमान सहज रूपमा अवतरण गरिरहेका छन् भने विराटनगरबाट काठमाडौं जाने उडानसमेत नियमित रूपमा सञ्चालन भइरहेका छन्।“वर्षा भइरहेको भए पनि विराटनगर विमानस्थलमा उडान प्रभावित हुने अवस्था छैन। सबै विमान सहज रूपमा अवतरण र उडान भरिरहेका छन्,” झाले भने।

यता, प्रतिकूल मौसमका कारण काठमाडौं विमानस्थलबाट हुने केही आन्तरिक उडान भने प्रभावित भएका छन्। शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लातर्फका केही उडान सञ्चालन हुन नसकेको जनाइएको छ। कोशी प्रदेशका अन्य क्षेत्रमा पनि वर्षा भइरहेको भए पनि विराटनगरको मौसम हाल सामान्य रहेको छ। सप्तकोशी नदीमा भने पानीको बहाव बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्