विराटनगरमा गाँजा बोकेको स्कार्पियो दुर्घटना, ३९८ किलो गाँजा बरामद, चालक फरार

<span class='c1'>विराटनगरमा गाँजा बोकेको स्कार्पियो दुर्घटना, ३९८</span> <span class='c2'>किलो गाँजा बरामद, चालक फरार</span>

विराटनगर । पहाडी भेगबाट विराटनगर हुँदै भारततर्फ लैजाँदै गरिएको प्रतिबन्धित गाँजा बोकेको स्कार्पियो गाडी शनिबार साँझ विराटनगरमा दुर्घटनामा परेको छ ।
विराटनगर महानगरपालिका–५ स्थित आयल निगम नजिकै प्रहरीको पिछा गर्ने क्रममा गाँजा बोकेको स्कार्पियो दुर्घटनामा परेको हो । गोप्य सूचनाका आधारमा प्रहरीले उक्त गाडीलाई पछ्याउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविता कट्वालका अनुसार दुर्घटनामा परेको स्कार्पियोबाट करिब ३९८ किलो प्रतिबन्धित गाँजा बरामद गरिएको छ ।

प्रहरीले गाँजा बोकेको गाडी र गाँजाको धनी पहिचान गर्ने तथा फरार चालकको खोजी कार्य तीव्र बनाएको एसपी कट्वालले जानकारी दिए । प्रहरीका अनुसार पहाडी भेगबाट विराटनगरको बाटो हुँदै भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्