विराटनगर असोज २० ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका १४ वटै जिल्लालाई लक्षित गरी साताव्यापी ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
पार्टी संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तार गर्ने उद्देश्यका साथ आगामी असोज २० गतेदेखि २७ गतेसम्म उक्त अभियान सञ्चालन हुन लागेको हो। अभियान प्रभावकारी रूपमा अघि बढाउन पार्टीले कोशीका सबै जिल्लामा केन्द्रीय सदस्य तथा संघीय सांसदहरूलाई जिम्मेवारी बाँडफाँट गरी खटाएको छ।
पार्टीले सार्वजनिक गरेको विवरण अनुसार मोरङमा सांसद निशा डाँगी, सुष्मा बस्नेत र मिङ्मा ग्याबु शेर्पालाई जिम्मेवारी दिइएको छ। त्यसैगरी सुनसरीमा सूर्य बहादुर तामाङ, गणेश पौडेल र रहबर अन्सारी खटिने छन् भने झापामा अशोक कुमार चौधरी र शोभा कार्कीले कमान सम्हाल्ने छन्।
जिल्लागत जिम्मेवारी विवरण यस्तो छ :उदयपुर : लिमा अधिकारी, शम्भु प्रसाद ढकाल, पुष्पा कुमारी चौधरी , ओखलढुङ्गा : यज्ञमणि न्यौपाने, आशा झा, रजनी श्रेष्ठ , झापा : अशोक कुमार चौधरी, शोभा कार्की , मोरङ : निशा डाँगी, सुष्मा बस्नेत, मिङ्मा ग्याबु शेर्पा , सुनसरी : सूर्य बहादुर तामाङ, गणेश पौडेल, रहबर अन्सारी , ताप्लेजुङ : लाल बिक्रम थापा, खगेन्द्र कर्ण, रमेश प्रसाईं , सोलुखुम्बु : निशा श्रेष्ठ, कृष्ण कुमार कार्की, प्रेमलाल चौधरी , इलाम : प्रकाश पाठक, सन्तोष राजवंशी , धनकुटा : सिर्जना श्रेष्ठ, विश्वराज पोखरेल , सङ्खुवासभा : प्रकाश चन्द्र परियार, मिङ्मा डण्डु शेर्पा, डा. अंकिता ठाकुर , भोजपुर : सृष्टि भट्टराई, इन्दिरा राना मगर, चन्द्र बहादुर राई , खोटाङ : डा. सुजाता तामाङ, मिलन लिम्बू, कल्पना बस्नेत , तेह्रथुम : डिल्लिश्वर कार्की (रोहन), सुनिता कुमारी चौधरी ,पाँचथर : पारशमणि गेलाल, रुविना आचार्य
अभियान अवधिभर तोकिएका नेता तथा सांसदहरू सम्बन्धित जिल्लाका स्थानीय बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्ने, जनताका समस्या संकलन गर्ने र पार्टीको तल्लो तहसम्म सांगठनिक संरचना निर्माणमा जुट्ने छन्।