विराटनगरमा महिला सशक्तीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरमा महिला सशक्तीकरण तथा</span> <span class='c2'>कानुनी सचेतना कार्यक्रम सम्पन्न</span>

विराटनगर असोज २१ ,

विराटनगरमा महिला सशक्तीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। महिलालाई आफ्ना कानुनी अधिकार, संवैधानिक व्यवस्था, सुरक्षा तथा न्यायमा पहुँचबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा किशोर न्याय, बलात्कार, बाल दुर्व्यवहार तथा अन्तर्राष्ट्रिय कानुन र अभ्यासबारे श्रेया बिष्टले प्रस्तुति दिइन्। त्यस्तै, समावेशिता, महिलाको सम्पत्ति अधिकार, संविधान, विधिको शासन तथा राजनीतिक सहभागिताबारे अनिश कुमार कट्टेलले सहजीकरण गरे।

यसैगरी महिला समावेशिता तथा कानुनी क्षेत्रमा रहेका कमी–कमजोरीबारे विशेष अच्छामी, घरेलु हिंसाबारे स्वस्तिका मल्ल, प्रजनन स्वास्थ्य, मातृत्व सुविधा तथा सम्बन्धित कानुनी व्यवस्थाबारे माङ्सा लिम्बू, वैवाहिक बलात्कारबारे अविना कटवाल, साइबर तथा डिजिटल अपराधबारे पूर्णिमा निरौला र बाल अधिकारबारे स्मृति राईले प्रस्तुति तथा छलफल गरेका थिए।

कार्यक्रमबाट करिब ५० जना महिला लाभान्वित भएको आयोजकले जनाएको छ। समाजप्रतिको सामाजिक दायित्व र जिम्मेवारीका रूपमा श्रेया बिष्टको पहलमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम विराटनगरको ह्यापी आवर हेभेनमा आयोजना भएको थियो ।

महिलाहरूलाई आफ्ना अधिकारबारे सचेत, सक्षम र आत्मनिर्भर बनाउँदै कानुनी तथा न्यायिक पहुँच अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्