विराटनगरको विरेन्द्र सभागृहमा आज यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन

<span class='c1'>विराटनगरको विरेन्द्र सभागृहमा आज यायोक्खाको</span> <span class='c2'>१२ औं राष्ट्रिय महाधिवेशन</span>

विराटनगर । किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन आज विराटनगरको विरेन्द्रसभा गृहमा भव्य रुपमा उद्घाटन सत्र हुने भएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले उद्धाटन गर्ने तय भएको किरात यायोक्खा केन्द्रीय अध्यक्षसमेत रहनुभएको जीवन हाताचो राईले जानकारी दिए ।

महाधिवेशनमा २ प्रदेशका २४ वटा जिल्ला, २४ वटा विदेश शाखा, १९ वटा भाषिक र ८ वटा भातृ संगठनहरुबाट ७ सय प्रतिनिधि पर्यवेक्षण सहभागी हुने संस्थामा महासचिव भीम राईले जानकारी दिए ।
यायोक्खाले कोशी नाम पुननामकरण गरेर किरात राख्नुपर्ने, प्रदेशको सरकारी कामकाजको भाषा वान्तावा, चाम्लिङ लगायतलाई बनाउनुपर्ने, लिपि किरात सिरिजंङ्गा बनाइनुपर्ने माग गर्दै आएको छ ।

करिब ७ लाख जनसंख्या (प्रदेशमा ११ प्रतिशत) रहेको राई समुदायको भाषा, लिपि र संस्कृतिप्रति बेवास्था भए सरकारमा संबद्ध एमाले, कांग्रेस, नेकपा लगायतको पार्टी प्रति प्रदेशवासीको आक्रोश अझ बढ्ने र यायोक्खा आन्दोलनमा जानुपर्ने बध्यता हुने अध्यक्ष महासचिव भीम राईले बताए ।

महाधिवेशनको लागि यायोक्खा केन्द्रीय पदाधिकारी, सदस्यहरु विराटनगर आइसकेको यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिए ।

यायोक्खाले कोशी प्रदेश नाम(खारेज गर, किरात प्रदेश(घोषणा गर लगायतको नारा लाग्ने यायोक्खाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्