विराटनगर । ग्रेस इभेन्ट्सको आयोजनामा सम्पन्न 'जुनियर मास्टर एन्ड मिस ग्रेस विराटनगर २०२६ – सिजन २' तथा 'मिस एन्ड मिसेस ग्रेस विराटनगर २०२६ – सिजन १' को ग्रान्ड फिनालेमा विभिन्न विधाका विजेताहरू घोषित भएका छन्।
प्रतियोगिताअन्तर्गत 'जुनियर मास्टर एन्ड मिस ग्रेस विराटनगर' तर्फ एकराज नेपाली ले ब्वाइज विनर, प्रेशु अधिकारी ले जुनियर गर्ल्स विनर तथा प्रेरणा धिमाल ले सिनियर गर्ल्स विनर को मुख्य उपाधि चुम्न सफल भएका छन्। त्यसैगरी 'मिस एन्ड मिसेस ग्रेस विराटनगर' तर्फ अपेक्षा अधिकारी ले मिस विनर तथा खुसी रिजाल ले मिसेस विनर को उपाधि हात पारेका छन्। विराटनगरमा आयोजित भव्य ग्रान्ड फिनालेमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की को प्रमुख आतिथ्य रहेको थियो। ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज थापा को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चर्चित गायक कमल खत्री तथा सामाजिक अभियन्ता एवं नेपाल फुलबारी वेस्ट थ्रीआर कन्ट्रोल सर्भिसका व्यवस्थापन प्रमुख उमेश कटुवाल विशेष अतिथि रहेका थिए।प्रतियोगीहरूको प्रतिभा मूल्याङ्कनका लागि अर्शु महर्जन, श्रेय दाहाल, उमेश खड्का, साक्षी साहनी, जितेश सिंह र कृति श्रेष्ठ उपाध्याय सम्मिलित निर्णायक मण्डल रहेको थियो। कार्यक्रमको सञ्चालन प्रस्तोता चेतन सिंह बस्नेतले गरेका थिए भने अंशु कार्की, लिजा राई, मोक्ष्या पोखरेल, बीट डान्स स्टुडियो र प्रवलदीप विश्वासले विशेष सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। प्रतियोगिताको 'मिस एन्ड मिसेस ग्रेस विराटनगर २०२६ – सिजन १' विधातर्फ अपेक्षा अधिकारीले मिस विनर सँगै मिस भोटिङ स्टार, फोटोजेनिक र बेस्ट पर्सनालिटी को उपाधि हात पारिन्। त्यस्तै खुसी रिजालले मिसेस विनर र मिसेस कन्फिडेन्स जित्दा दिप्ती ढकालले मिसेस भोटिङ स्टार र मिसेस कन्जिनियालिटी प्राप्त गरिन्। त्यसैगरी सुष्मा डाँगी पब्लिक च्वाइस, मस्ट ट्यालेन्ट र मिसेस चार्मिङ घोषित भइन् भने समिरा भण्डारीले ब्रान्ड एम्बेसडर र बेस्ट फिजिक, स्वीकृति रौनियारले अर्गनाइजर च्वाइस र मिस इन्टेलेक्चुअल तथा चण्डिका मण्डलले मल्टिमिडिया र मिस वाक को उपाधि जित्न सफल भइन्।
'जुनियर मास्टर एन्ड मिस ग्रेस विराटनगर २०२६ – सिजन २' तर्फ एकराज नेपालीले ब्वाइज विनर र मिस्टर जेन्टलम्यान, प्रेशु अधिकारीले जुनियर गर्ल्स विनर, फोटोजेनिक र मिस बब्ली तथा प्रेरणा धिमालले सिनियर गर्ल्स विनर, पब्लिक च्वाइस, मल्टिमिडिया र मिस ग्रेसफुल को उपाधि चुमे। यसैगरी कृतिका श्रेष्ठले सिनियर भोटिङ स्टार र मिस वाक, दिती यादवले जुनियर भोटिङ स्टार र मिस इन्टेलेक्चुअल, हेमानन्द यादवले ब्वाइज भोटिङ स्टार र मिस्टर पर्सनालिटी, रश्मी घिमिरेले ब्रान्ड एम्बेसडर, मस्ट ट्यालेन्ट र मिस कन्फिडेन्स, आरजू रानी निरौलाले अर्गनाइजर च्वाइस र मिस कन्जिनियालिटी, इशिता नायकले मस्ट सपोर्टिभ प्यारेन्ट र मिस पावरहाउस, रोज यादवले मोडल अफ द इभेन्ट्स र मिस पर्सनालिटी, राघव राज निरौलाले मिस्टर इनर्जेटिक तथा रेशा लोहनीले मिस एडोरेबल को उपाधि प्राप्त गरे। कार्यक्रमको आयोजक टिममा इभेन्ट डाइरेक्टर सागर प्रधान, कोरियोग्राफरहरू आयुषा राई र वर्षा चौधरी, फोटोग्राफी हेड बिन्द्रा प्रजापति, इभेन्ट कोअर्डिनेटर प्रतिक्षा लुइँटेल तथा स्वयंसेवकका रूपमा नाट टिम सक्रिय रहेका थिए। कार्यक्रमको अन्त्यमा ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज थापाले बालबालिका, युवा तथा महिलाहरूको प्रतिभा र आत्मविश्वास अभिवृद्धि गर्न यस्ता मञ्चहरू निरन्तर प्रदान गरिने प्रतिबद्धता जनाउँदै सम्पूर्ण सहयोगी, अभिभावक र दर्शकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।