विराटनगरमा टीभीएसको ‘अचम्मैको महा एक्सचेञ्ज’ मेला सुरु

<span class='c1'>विराटनगरमा टीभीएसको ‘अचम्मैको महा</span> <span class='c2'>एक्सचेञ्ज’ मेला सुरु</span>

विराटनगर । जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता केशरी चन्द भवरलालको आयोजनामा टीभीएसको ‘अचम्मैको महा एक्सचेञ्ज’ मेला सुरु भएको छ। विराटनगरको मुनालपथमा असोज २१ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने उक्त मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टीभीएस सवारी खरिद गर्न सकिनेछ।

नजिकिँदै गरेका पर्वहरू दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको यस मेलामा नयाँ सवारी साधन खरिद गर्ने ग्राहकहरूका लागि विभिन्न आकर्षक अफर तथा उपहारहरूको व्यवस्था गरिएको छ । ग्राहकहरूका लागि १०० प्रतिशतसम्म क्यासब्याक वा न्यूनतम रु. ६ हजारदेखि अधिकतम रु. १० लाखसम्मको नगद छुट, २.५ ग्राम सुनको ‘गोल्डेन कि’का साथै लक्की ड्रमार्फत हरेक दिन दुई जनालाई ५ वर्षको नि:शुल्क सर्भिसिङको सुविधा उपलब्ध गराइएको छ।

यसैगरी, नागरिकता र लाइसेन्सका आधारमा नयाँ सवारी साधन खरिद गर्न चाहने तर तुरुन्तै पूरै रकम भुक्तानी गर्न असम्भव हुने ग्राहकहरूका लागि ‘फटाफट फाइनान्स’को सुविधा उपलब्ध हुनुका साथै ५ वर्षको लाइफटाइम वारेन्टी पनि रहेको छ। पुराना सवारी साटेर नयाँ लिने ग्राहकहरूले पनि यी सबै अफर तथा लक्की ड्र कार्यक्रमहरूमा समान रूपमा सहभागी हुन पाउने विराटनगर सोरुमका ब्रान्च म्यानेजर गोविन्द पोखरेलले जानकारी दिए। उनले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सुविधा र चाडपर्वको खुसी बाँड्नका लागि यो अफर ल्याइएको बताउँदै इच्छुक सबैलाई मेलामा आएर अफरको फाइदा लिन आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्