मुख्यमन्त्री सम्मेलनमा भोजपुरको खुकुरी, तेह्रथुमको ढाका, ५ मुख्यमन्त्रीलाई कोशीको चिनो

<span class='c1'>मुख्यमन्त्री सम्मेलनमा भोजपुरको खुकुरी, तेह्रथुमको</span> <span class='c2'>ढाका, ५ मुख्यमन्त्रीलाई कोशीको चिनो</span>

प्रेम देवान
विराटनगर । कोशी प्रदेशको पहिचान र मौलिकता झल्काउने उपहारसहित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी अन्य प्रदेशका मुख्यमन्त्रीलाई मायाको चिनो प्रदान गरेका छन्।

विराटनगरस्थित विग होटलमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको समापन कार्यक्रममा मुख्यमन्त्री कार्कीले भोजपुरको खुकुरी र तेह्रथुमको ढाकाबाट बनेका कोट तथा ढाका ढोपी मायाको चिनोका रूपमा हस्तान्तरण गरेका हुन् । कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही, बागमतीका मुख्यमन्त्री किरण थापा र मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई कोशी प्रदेशको पहिचान झल्काउने उपहार प्रदान गरेका थिए।

भोजपुरको खुकुरी नेपाली मौलिक सीप र वीरताको प्रतीकका रूपमा परिचित छ भने तेह्रथुमको ढाकाले कोशी प्रदेशको परम्परागत पहिचान, संस्कृति र स्थानीय उत्पादनलाई प्रतिनिधित्व गर्छ। सम्मेलनमा यी सामग्री मायाको चिनोका रूपमा प्रदान गरेर कोशी प्रदेशले आफ्नो सांस्कृतिक विविधता र मौलिक पहिचानलाई अन्य प्रदेशमाझ प्रस्तुत गरेको छ । सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाहेकका अन्य प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले प्रदेशहरूबीच आपसी समन्वय, सहकार्य र साझा सवालमा छलफल गर्ने अवसर प्रदान गरेको थियो। साथै अब आउने सम्मेलन लुम्बुनी प्रदेशमा हुने समेत मुख्यमन्त्री कार्कीले जानकारी गराए । सम्मेलनको समापनसँगै कोशी प्रदेशको सांस्कृतिक पहिचान झल्काउने उपहारले प्रदेशहरूबीचको सम्बन्धलाई थप आत्मीय बनाउने सन्देश दिएको छ । यसरी आफ्नो प्रदेशको पहिचान झल्कने मायाको चिनो प्रदान गर्नुले आपसी प्रदेशको सद्धभाव र माया पनि झल्किने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्