सुनसरीमा ५७ किलो गाँजा र भारतीय नम्बरको मोटरसाइकल बरामद

<span class='c1'>सुनसरीमा ५७ किलो गाँजा र</span> <span class='c2'>भारतीय नम्बरको मोटरसाइकल बरामद</span>

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई फरक स्थानबाट प्रहरीले ५७ किलो लागूऔषध गाँजा र एक थान भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने प्रहरीलाई देखेपछि फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २७ गते राति इलाका प्रहरी कार्यालय देवानगञ्ज र मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त टोलीले दुई स्थानमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार राति ८:३० बजे देवानगञ्ज गाउँपालिका–४ स्थित मेहता टोलमा नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ५० एएच १९१३ नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। प्रहरी टोलीलाई देखेपछि चालक मोटरसाइकल छाडेर फरार भएका थिए।
मोटरसाइकल जाँच गर्दा कालो प्लास्टिकमा बेरिएको अवस्थामा ५१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, राति ८:४५ बजे देवानगञ्ज गाउँपालिका–६ स्थित रासीबाट साहेबगञ्ज जाने भित्री सडकखण्डमा थप ६ किलो गाँजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय देवानगञ्ज र अस्थायी प्रहरी चौकी रासीबाट खटिएको संयुक्त टोलीलाई देखेपछि मोटरसाइकलमा सवार व्यक्तिले पहेँलो रङको झोला फालेर फरार भएका थिए। प्रहरीले उक्त झोला जाँच गर्दा ६ किलो गाँजा फेला पारेको जनाएको छ। यसरी दुवै स्थानबाट गरी कुल ५७ किलो गाँजा बरामद भएको हो।

बरामद गरिएको गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। साथै, गाँजा ओसारपसारमा संलग्न भई फरार भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्