विराटनगरमा कुरियर कम्पनीले सीमाबाट ओसार्न थाले तस्करीको सामान

<span class='c1'>विराटनगरमा कुरियर कम्पनीले सीमाबाट</span> <span class='c2'>ओसार्न थाले तस्करीको सामान</span>

विराटनगर । अनलाइन कुरियर तथा लजिस्टिक सेवा प्रदान गर्न खुलेका कम्पनीहरूले खुल्ला सीमानाकाबाट अवैध रुपमा भित्रिएका मालवस्तु ओसारपसार गरेर सुरक्षित तस्करीको बाटोलाई फराकिलो पारिदिएका छन् । खुल्ला सीमामा कडाई बढ्दै जाँदा मोरङका विभिन्न सीमानाकाबाट भित्र्याइएका यस्ता सामान अनलाइन कुरियर तथा लजिस्टिक कम्पनीको ब्यागमा राखेर ओसारपसार हुने गरेको हो ।

जुन खुल्ला सीमानाकाबाट हुने सबैभन्दा सुरक्षित र व्यवस्थित तस्करीको विधि हो । पछिल्लो समय प्रहरीले नेपाल क्यान कुरियर र उपाय सिटीकार्गोबाट भित्र्याइएका यस्ता सामान नियन्त्रणमा लिन थालेको छ । सशस्त्र प्रहरी बल नेपाल मोरङका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार यी दुई कुरियरले ओसारपसार गर्दै आएको कपडा नियन्त्रणमा लिएर भन्सारमा बुझाएको जानकारी दिएका छन् । एसपी भण्डारीका अनुसार पहिला बिना बिलकै सामान उनीहरुले ओसारपसार गर्दै आएका थिए । पछिल्लो समय भने भन्सार जाँचपास नभएको तर नेपालको कुनै पसलको बिक्री बिजक जारी गराएर सामान ओसार्न लगाउने गरिएको छ ।

सशसत्रका प्रहरी उपरीक्षक भण्डारीका अनुसार यसरी भित्र्याउने गरिएको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाउने काम समेत थालिएको छ । तर, यो नयाँ ट्रेन्ड हो, लामो समयदेखि चलिरहेको यो व्यापारलाई नियन्त्रण गर्नका लागि भन्सार जाँचपास अनिवार्य भएको सामान मात्रै बोक्नुपर्ने नियममा बाँध्न जरुरी छ । कानुनी रुपमा दर्ता भएका यस्ता लजिस्टिक कम्पनीले गैरकानुनी रुपमा भित्र्याएका मालवस्तु ओसारपसार गर्ने कार्य गलत हुने भण्डारीको भनाई छ । एसपी भण्डारीले पछिल्लो समय दश बोरा भन्दा धेरै यसरी ओसारपसार भएको सामान नियन्त्रणमा लिइएको छ ।

विराटनगरमा कार्यालय रहेका लजिस्टिक कम्पनीले भारतबाट अवैध भित्र्एिको सामान खुल्ला सीमा भएको मोरङका धेरै नाकासम्म पुगेर ओसार्ने गरेको सूचना सशस्त्र प्रहरीसम्म पुगेको छ । लजिष्टिक कम्पनीले सीमा क्षेत्रबाट ल्याएको कपडा काठमाण्डौं पठाउने गरिएको छ । जुन तुलानात्मक रुपले अवैध कारोबारीका लागि सहज र सुरक्षित माध्यम बनेका छन् । मोरङका धेरै नाकामा फरक फरक कारोबारीले यसरी सामान भित्र्याउने गर्दछन् । सीमा नजिकै कुनै घरमा गोदाम गरिसकेपछि नेपालतर्फ दर्ता भएका पसलको नाममा बील जारी गरेर अनलाइन कुरियर तथा लजिस्टिक सेवा कम्पनीमार्फत विराटनगरमा संस्थागत गर्ने अनि तिनै कम्पनीबाट काठमाण्डौं पु¥याउने गरिएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्