साहित्यमा ताराको कविता ‘हिउँदको गीत’

<span class='c1'>साहित्यमा ताराको कविता</span> <span class='c2'>‘हिउँदको गीत’</span>

[caption id="attachment_97330" align="alignnone" width="300"] लेखक: तारा पराजुली[/caption]

हावाका भित्ताहरूमा
चिसो बिज्ञापन टाँसेर
भर्खरै गएको छ एउटा बालक ।
यसबेला ओसिएको छ जीवनको किताब
डायरीमा शीर्षक मात्र टिपेर
थन्क्याएको छ कविले कविता
घुम ओढेर बसेका असारका खेताला जस्तै
हिउँ र तुसारोको घरभित्र छन् लेकमा गुराँसहरू
अटेरी भएर बसेको छ मधेसमा हुस्सु
लोसे पाराले आउँछ आउँदा
र बिस्तारै सुम्सुम्याउँदै
शरीरभरि टेकेर जान्छ
भुइँ कुहिरोले मलाई ।

निदाउरो छ दिन
चिर निन्द्राबाट जुरुक्क उठेको छ जाडो
गर्हुगा छन् फूलका पत्रहरू
निश्चित अवधिका लागि
बसाइँ सर्दै छन् हिमाली घामहरू
पुरानो कन्तुर खोलेर झिक्दै छिन् हजुरआमा
पोहोर साल थन्क्याएका जाडाका ओखतीहरू
आफ्नै अनुहारको फोटोकपी जस्तै
खुम्चिएका छन् हजुरबाका कोट र गलबन्दी
खडेरीको बेँसी खेत जस्तै
चर्किएका छन् हत्केला पैलाला र कुर्कुचा ।

जीवनलाई सहजै सहने यी केटाकेटीहरू
अलिकति फुर्सद भयो कि
आँखा छलेर निस्किहालछन्
उत्ताउलो सिरेटोसँग जिस्कन ।

हावाका आँगनतिर फर्किएका छन्
जीवनका झ्यालहरू
झनै कोलाहल छ बाहिर
यो बाक्लो उपस्थितिलाई के भनौँ ?
बजार कि सम्मेलन ?
गोष्टि कि सेमिनार ?
जहाँ न कसैलाई छुट छ
न आरक्षण ।
ठ्याक्कै यही सिजनमा
बर्सौँदेखि उस्तै रूप र
पराजित अनुहार लिएर
केही जित्नका लागि
न्यायको अँगेना वारिपारी
धर्ना दिइरहे छौँ हामी
तर, कहिल्यै साटिएन सपनाको रङ्ग ।

बर्सौँ पछि यस्तो लाग्न थालेको छ–
यसरी न्यायको आगो ताप्ने निहुँमा
दाउरा थप्दै छौँ कि
आफ्नै अनाम आयु थप्दै छौँ हामी???

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्