बिराटनगरमा अत्यधिक चिसो बढ्यो, आजको मौसम यस्तो छ ..

<span class='c1'>बिराटनगरमा अत्यधिक चिसो बढ्यो, आजको</span> <span class='c2'>मौसम यस्तो छ ..</span>

बिराटनगर पुष ७ , 

बिराटनगर लगायत हाल तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहानको समयमा राम्रोसँग घाम नलाग्दा  तापक्रममा गिरावट आई चिसो नै रहने देखिएकोले  चिसोबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरो पश्चिम, मध्य र पूर्वी तराईमा दिउँसो सम्ममा हट्ने जनाएको छ । आगामी तीन दिनसम्म पूर्वी पहाडी भेगमा मौसममा सामान्य बदली हुने भए पनि बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिराटनगरको आजको अधिकतम तापक्रम १४.४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यता , बिराटनगर बजार पनि चिसोका कारण सुनशान बनेको छ । चिसोबाट बालबालिका र बृद्धमा बढी असर परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्