विराटनगरको स्पार्क हस्पिटल चौथो वर्षमा, दुईदिन निशुल्क स्वास्थ्य शिविर गर्ने

<span class='c1'>विराटनगरको स्पार्क हस्पिटल चौथो वर्षमा,</span> <span class='c2'>दुईदिन निशुल्क स्वास्थ्य शिविर गर्ने</span>

विराटनगर । विराटनगर ९ पञ्चाली चोकमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल चौथो बर्षमा प्रवेश गरेको छ । हस्पिटलले सोमबार पत्रकार सम्मेलन गर्दै चौथो बार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको हो ।
विगतका बर्ष झै यसपटक पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए । विराटनगरमा रहेको विराट सांग्रिला स्पोर्टिङ क्लब र स्पार्क हस्पिटलको संयुक्त आयोजनामा पुष ९ र १० गते हस्पिटल परिसरमा निःशुल्क स्वास्थ शिविर गर्ने अध्यक्ष अधिकारीले बताए ।
स्वास्थ्य शिविरमा काठमाडौंका विशेषज्ञ चिकित्सकद्धारा कम्मर दुख्ने , गर्दन दुख्ने , घुँडा दुख्ने , नसा च्यापिएको , हड्डी खिइएको, वाथ रोग, युरिक एसिड बढी भएको, प्यारालाईसिस (लकवा) भएको र अन्य हाडजोर्नी जस्ता रोगको निःशुल्क जाँच गराईने हस्पिटलले जनाएको छ । हस्पिटलले स्वास्थ्य शिविरसंगै खुल्ला रक्तदान समेत गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्