विराटनगर । आफ्नै अनुयायी माथी बलात्कार गरेको आरोप लागेका कृष्णबहादुर गिरीलाई पुन ३ दिनको म्याद थप गरिएको छ । बलात्कारको आरोपमा उजुरी परे पनि हालसम्म प्रहरी हिरासतमा नपरेका सिद्धबाबा भनिने गिरीलाई सुनसरी जिल्ला अदालतले फेरी ३ दिनको म्याद थपेको हो ।
वराहक्षेत्र चतराधामका रामानन्दाचार्य सेवापीठका मठाधीस कृष्णबहादुर गिरीले हिरासद छल्दै अस्पतालको डिलक्स रुमलाई ‘भिआइपी हिरासत’ बनाउदै आएका छन । जिल्ला अदालत सुनसरीका न्यायधिस सिमानन्द भुसालको इजलासले ३ दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए । आफूलाई आयुर्वेद र वेदका ज्ञाता, जगद्गुरु, अनन्तश्री महायोगी सिद्धबाबा भनेर नामको अगाडि विद्यावारिधि गरेको भन्दै डा. लेख्न मन पराउने ४५ वर्षीय कृष्णबहादुर गिरी विराट नर्सिङ होममा ‘उपचारको नाटक गर्दै प्रहरी हिरासतमा बसेका छैनन् ।
विराट नर्सिङ होमको स्त्री तथा प्रसूति विभागको पाँच नम्बर बेडमा भर्ना भएर बस्दै आएका छन । पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन चौथो पछिल्लो पटक ७ दिनको र पाचौ पटक ३ दिनको म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा बसेका छैनन् ।
दुई नागरिकता लिएको, सुनसरी–मोरङ सिंचाइ आयोजनाको १३ बिघा जग्गा कब्जा गरी त्यहाँ बसेका आदिवासी जनजाति समुदायलाई विस्थापित गरी एक्लौटी रूपमा भोगचलन गरेको आरोप उनी माथि लाग्दै आएको छ ।