युवतीलाई ‘बलि’ दिने योजनामा रहेका सात जना विराटनगरबाट पक्राउ गरी काठमाण्डौ लगियो

<span class='c1'>युवतीलाई ‘बलि’ दिने योजनामा रहेका सात</span> <span class='c2'>जना विराटनगरबाट पक्राउ गरी काठमाण्डौ लगियो</span>

काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौले मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पुर्याएर बोर्डर पास गराई तान्त्रिक पूजा गरी 'बलि' दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश साह, दाङकी  २४ वर्षीया दिलकुमारी बुढामागर, सप्तरीका ३५ वर्षीय उमेश माझी, विराटनगरका ५१ वर्षीय दिलिप पोदार, धादिङ्गका २३ वर्षीया प्रेमा तामाङ र सुनसरीका ३७ वर्षीय रंजित कुमार चौधरी छन् ।

अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्र«ीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

६ फिट उचाई भएकी युवतीलाई विराटनगर हुँदै तान्त्रिक पूजाको लागि सीमा पार गराउने योजना अनुसार मोडलिङका लागि प्रस्ताव गरेको र युवतीले प्रस्ताव स्वीकार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । उनीहरुको गतिबिधिप्रति शंका लागेपछि पीडित युवतीले महानगरीय प्रहरी परिसर काठमाण्डौमा पुस ४ गते जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत बिहार मन्दिरका बाबा लगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानमा खुलेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख ९ हजार ५ सय रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार बराबरको चेक, कृष्ण तामाङ्बाट ७ थान एटीएम कार्ड तथा तान्त्रिक पूजाका समानहरु बरामद गरेको छ । उनीहरुलाई विराटनगरबाट पक्राउ गरी काठमाण्डौ ल्याईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्