विराटनगर बिमानस्थलको सजावटका लागि सहकार्य गर्न लायन्स रोटरी र राउण्ड टेवल तयार

<span class='c1'>विराटनगर बिमानस्थलको सजावटका लागि  सहकार्य गर्न</span> <span class='c2'>लायन्स  रोटरी र राउण्ड टेवल तयार</span>

विराटनगर । विराटनगर बिमानस्थलको सैन्दर्यकरणको विकास गर्नका लागि समाजिक संघ सस्थाहरु लायन्स, रोटरी तथा राउण्ड टेवल सहकार्य गर्न तयार भएका छन् । बिमानस्थल प्रशासनको तर्फबाट स्पष्ट योजना आउने बितिकै त्यसको लागि उनीहरु सहकार्यको लागि तयार भएका हुन् । तर यसका लागि विमानस्थल प्रशासनले योजना ल्याउनु पर्ने भएको छ । विमानस्थगलले बनाउने योजना निर्माणको लागि समेत लायन्स र रोटरीले भोल्युन्टियर सहयोग गर्ने बचन दिएका हुन् । आर्किटेक खोज्नेदेखि सौन्दर्यकरणको लागि योजना निर्माणमा समेत सहयोग गर्ने उनीहरुको प्रतिबद्धता छ । तर राज्यको तर्फबाट पनि बिराटनगर बिमानस्थलको विकास र यात्रुमैत्री वातावरणलाई ब्यवस्थापनमा काम गर्नु पर्ने उनीहरुको सुझाव छ ।

संवाद समुह मोरङले बिराटनगरमा आयोजना गरेको संवादमा लायन्सका पुर्ब गर्भनर लिला ढुङ्गेलले सहकार्यको लागि जनश्रमदान तथा सुन्दरताको लागि २ सयजना बृक्षरोपणको लागि तयारी गर्न सक्ने तर त्यसको लागि योजना बनाउनु पर्ने बताए ।

‘पहिला बिमानस्थलले योजना दिनु पर्यो हामी सहकार्यको लागि हामी तयार छौ, उनले भने, हामी ब्यक्तिगत रुपमा पनि रकम उठाएर सार्बजनिक स्थललाई सुन्दरता प्रदान गर्न सक्छौँ ।’

बिराटनगर बिमानस्थलको आन्तरिक व्यबस्थापनमा लगेज, यात्रु प्रतिक्षालय र सौचालयको व्यबस्थापन तत्काल हुनु पर्ने उनीहरुको भनाई छ । विमानस्थलको सुचना बारे जानकारी दिनको लागि सुचना एप्स बनाउन डिजिकमको तर्फबाट निखिल बंशलले सहयोग गर्ने र बिग्रिएको डिस्प्ले बोर्डलाई मर्मत गरिदिने प्रतिबद्धता जनाएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष तथा पुर्ब गभर्नर भीम घिमिरेले बिमानस्थललाई सुन्दरता दिनको लागि गुरुयोजना नबन्दासम्म बनेका संरचना भत्कीने भएकोले तत्काल त्यसको लागि योजना बन्नुपर्ने अनी मात्र सामाजिक क्षेत्रका ब्यक्ति सहकार्यको लागि तयार हुने बताए । यदी तत्काल बनाउन शुरु गर्ने हो भने फरक फरक क्लस्टर बनाएर सौन्दर्यकरण गरिनु पर्ने उनको भनाई छ ।

उद्योगी सुरेन्द्र गोल्छाले आर्टिटेकको रुपमा आफुहरुले सहयोग गर्न सक्ने बताए । बिराटनगर बिमानस्थललाई नमुना बिमानस्थलको रुपमा अगाडी बढाउनको लागि सरकारले चासो देखाउने हो भने पिपीपी मोडेलमा जान सकिने उनको भनाई छ ।

मोरङ ब्यापार संघका वरिष्ठ उपाध्यक्ष तथा रोटरीयन नविन रिजालले हाम्रो कल्चरलाई पनि सुधार गर्नु पर्नेमा अबस्था रहेकोमा जोड दिए । फोहोर मनपरी फाल्ने तर कसरी ब्यवस्थापन गर्ने भन्ने सोच पनि हुनु पर्ने उनको तर्क छ । अब बन्ने योजना १० बर्ष अघिको अबस्थामा जानु नहुने भएकोले नयाँ रुपमा अगाडी बढ्नु पर्ने उल्लेख गरे ।

नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनरका प्रमुख टेकनाथ सिटौलाले एप्रोन क्षेत्र, अगाडीको बगैँचा र यात्रु निस्कने बितिकैको अगाडीको भागमा समेत प्रदेशको चित्र झल्कने आकृति बनाउन सके बिमानस्थलको सैन्दर्यता झल्कीने बताए । यसको लागि बिभिन्न संघ संस्थाले ब्युटिफिकेशनमा काम गर्न सके त्यसको लागि पनि प्रांधिकरण सहकार्यको लागि तयार रहेको औल्याए ।संवादको क्रममा विजयहरी शर्मा, पवन पारख, रिशब दाहाल, कृष्णहरी पोखरेल, मिना जोशी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्